मधेशी मोर्चामा देखियो विवादै विवाद

महेन्द्र राय र सरतसिंह मोर्चा त्याग्ने तयारीमा

Morcha

काठमाडौं । राष्ट्रिय पार्टी बन्न चाहिने मत पु¥याउन एकजुट भएका मधेशी मोर्चा फेरि विवादमा परेको छ ।

संसदले थ्रेसहोल्डको व्यवस्था पास गरेपछि दवावमा परेका मधेशी मोर्चामा आवद्ध दलहरु पार्टी एकता गर्न बाध्य भएका थिए । उनीहरुले पार्टी एकताका बेला ‘राष्ट्रिय आवश्यकता’ औंल्याएका थिए ।

तर, दोस्रो चरणको निर्वाचनमा सहभागिताको विषयमा दुई धार देखिएपछि पार्टी विभाजनको संघारमा पुगेको छ ।

खासगरी मोर्चामा आवद्ध ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो । तर, दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे विवाद बढ्न थालेको छ ।

राजपाभित्र दोस्रो चरणको निर्वाचनमा भाग लिनुपर्ने पक्षमा धेरै देखिएका छन् । राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने पक्षमा लागेका छन् । उनीहरुले सरकारले आफ्ना माग पूरा नगरेकाले निर्वाचनमा भाग लिन नहुने उनीहरुले अडान राख्दै आएका छन् ।

तर, मोर्चाका प्रभावशाली नेता मानिने महेन्द्र राय यादव र शरतसिंह भण्डारी चाँही जसरी पनि निर्वाचनमा भाग लिनुपर्ने अडानमा छन् । मोर्चाका महन्थ ठाकुर र अनिल झा भने निर्वाचनका विषयमा खुलेर राग्न सकेका छैनन् ।

निर्वाचनमा भाग लिनुपर्छ भन्नेहरुको बुझाईमा निर्वाचनमा नजाँदा प्रतिनिधिको ठूलो संख्या गुमाइन्छ भन्ने छ । मधेसमा २६ सय वडाध्यक्ष र १० हजार ४ सय वडा सदस्य हुनेछन् । उनीहरुले निर्वाचनमा भाग लिने बताएको संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम निर्वाचनको तयारीमा लागिसकेकाले मधेशीको मत लैजान्छन् भन्ने बुझाई छ ।

स्रोतका अनुसार यदि राजपाले निर्वाचनमा सहभागी नहुने पक्षमा पुगे राय र भण्डारी राजपाबाट बाहिरिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...