को बन्ला देउवा सरकारमा राप्रपाका मन्त्री ?

Rpp

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा मन्त्री बनाउने विषयमा खैलाबैला नै मच्चिन थालेको छ ।

विहान पशुपति शमसेर जवराको निवासमा बसेको बैठकमा तत्काल सरकारलाई समर्थन नगर्ने विषयमा छलफल भएको थियो । तर, पार्टी अध्यक्ष कमल थापाको अड्डीका कारण संसदीय दलमा बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले राप्रपालाई ४ मन्त्रालय दिने सहमतिमा सरकारलाई समर्थन गर्न राजी बनाएको थियो । त्योसँगै कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा राप्रपामा रडाको मच्चिन थालेको छ ।

देउवा नेतृत्वके सरकारमा पार्टी अध्यक्ष कमल थापा आफैं उपप्रधानमन्त्री सहितको कुनै मन्त्रालय लिएर सरकारमा जाने दाउँमा छन् । तर, उनी बारम्बार सरकारमा सहभागी बन्नु पार्टीकै लागि हितकर नहुने सुझाव आएपछि उनी केही मथ्थर बनेका छन् । स्रोतले भन्यो, ‘तर उनी सेलाएका छैनन् ।’

यता दीपक बोहोराले पनि उपप्रधानमन्त्रीको दावी गरिरहेका छन् । बिक्रम पाण्डे र सुनीलबहादुर थापा पनि मन्त्री बन्ने लाइनमा छन् ।

पार्टीले आन्तरिक रुपमा निर्वाचित सांसदलाई मन्त्री बनाउने तयारीमा जुटेको छ । यदी त्यसो गरिए पाण्डे, थापा र बोहोरा नै मन्त्री बन्ने छन् । मन्त्री बन्ने लिष्टमा कुन्तीकुमारी शाही र सुशील श्रेष्ठको पनि नाम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...