क्रसरको उद्योगको लापरबाहीले मृत्यु भएको आरोप

Death

बनेपा, । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको ले गर्दाृ डुबेर एकको मृत्यु भएको छ ।

क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ स्थानीयवासी कृष्ण पराजुलीले भने ।

जथाभाबी ढुङ्गा र गिट्टी निकालेर प्रकृतिको दोहन भएको र त्यसले पहिराको जोखिमसमेत बढेको बताए । नदीजन्य पदार्थ झिकेका कारण नदी गहिरो भएको र त्यसले आसपासको जमिनलाई पनि प्रभावित गर्दा पहिरो गएको पराजुलीले बताए ।

काभ्रेपलाञ्चोकको प्रजिअ शिवप्रसाद सिंखडाले क्रसर उद्योग सिन्धुपाल्चोक जिल्लाको भएको र मृत्युको घटना काभ्रेपलाञ्चोकमा भएको उल्लेख गर्दै वास्तविकताको छानबिन गरिने बताए ।

ढुङगा र गिट्टी झिक्ने कामको छानबिनपछि तथ्य बाहिर आउने विश्वास व्यक्त गरे । भूम्लु गाउँपालिका– ९ का पराजुलीको शनिबार इन्द्रवती नदीमा डुबेर मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...