अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता

काठमाडौँ, । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरे ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिए ।

कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो सङ्गठनले विरोध गरेको कारण मानव तस्करले आफूलाई षड्यन्त्र गरी फसाएको उनको दाबी छ ।

गत चैत १८ गते कुवेतको मङ्गाप सहरबाट आफूलाई अज्ञात समूहले अपहरण गरी कुवेत प्रहरीलाई बुझाएको र आफूलाई प्रहरीले अवैध मदिरा राखेको आरोप लगाई एक महिना जेलमा राखी नेपाल फर्काइएको उनको दाबी छ ।
एक महिना जेलमा रहँदा आफ्नो साथी भाइ, मालिक र वकिल कसैसँग भेट्न नदिएको उनले गुनासो गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...