धनकुटामा लाग्यो निर्वाचन, उपप्रमुखमा वार्गेनिङ गर्दै दलहरु

Dkt

धनकुटा । स्थानीय तहको पहिलो चरणमा हुने निर्वाचनकै लागि जुटेका धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

खासगरी तालमेल गर्ने हल्लाले पनि धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवार छान्न नसकेका हुन् ।

धनकुटामा अहिलेसम्म नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेलको चर्चा चलेको छ । त्यसका लागि पटकपटक वार्ता भए पनि तालमेलको टुंगो लगाउन सकेका छैनन् ।

३१ वैशाखमा निर्वाचन भएको भए पनि तालमेल गर्नेगरी जिल्लाका दलहरु चरणवद्ध वार्तामा बसेका थिए । तर, निर्वाचन सरेपछि मौनझै बसेका दलहरु दोस्रो चरणको निर्वाचनको मिति पटकपटक सर्दै गर्दा पनि जिल्लामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार छान्न सकेका छैनन् ।

जिल्लाकै पुरानो नगरपालिका धनकुटामा नेपाली कांग्रेसले लोपुन्मुख जातिबाट दिनेश राईलाई उम्मेदवार बनाएको छ भने राप्रपाले वालानन्द भूर्तेललाई मेयरमा उम्मेदवार बनाउने बताएको छ । यता माओवादी केन्द्रले भने धनकुटा नगरपालिकामा गणेश विष्टलाई मेयरमा उम्मेदवार बनाएको छ ।

पाख्रिवास नगरपालिकामा राप्रपाले श्याम गुरुङलाई मेयर बनाउने भएको छ । नेपाली कांग्रेसले इन्दिरा थापालाई मेयर बनाउने भएको छ भने माओवादी केन्द्रले कृष्ण कट्वाललाई मेयर बनाउने टुंगो गरेको छ ।

उता महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेसले रमेश पौडेललाई मेयर बनाउने पक्कापक्की भएको छ भने माओवादी केन्द्रले उद्यमी राम नेपाललाई मेयर बनाउने भएको छ ।

छथर जोरपाटी गाउँपालिकामा राप्रपाले माधव भट्टराईलाई अध्यक्षमा अघि सारेको छ भने माओवादीले विष्णु पारघरेलाई अघि सारेको छ । नेपाली कांग्रेसले अध्यक्षमा निर्मल ओझालाई अध्यक्षको उम्मेदवार तोकेको छ ।

‘उप’का वार्गेनिङ
खारगरी तालमेलको हल्लामा लागेका दलहरुले अधिकांस स्थानमा उपमेयर वा उपाध्यक्ष तोक्न गाह्रो भएको बताएका छन् । सबै दलहरुले मुख्य पदमा उम्मेदवार अघि सारे पनि दोस्रो पदमा वार्गेनिङ गरिरहेका छन् ।

विशेषगरी तालमेल गर्ने हल्लापछि नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । कांग्रेस, राप्रपा र माओवादीले ७ स्थानीय तहमध्ये केहीमा उम्मेदवार घोषणा गरे पनि सो अनुरुप प्रचारमा जुट्न सकेको देखिदैन ।

अझैं वार्ताको चरणमा रहेका दलहरुले आफुलाई बलियो देखाउँदै उपमेयर र उपप्रमुख पद छोड्ने गरी उम्मेदवार चयन गरेको देखिन्छ ।

निर्वाचनमा होमियो एमाले
अन्य राजनीतिक दलहरुले उम्मेदवार छान्न नसकिरहेका बेला नेकपा एमाले धनकुटा भने चुनावी अभियानमा जुटेको छ ।

२० वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा अधिकांस गाविस र धनकुटा नगरपालिकामा जित हात पारेको एमाले २० वर्षपछि हुन लागेका स्थानीय तहको निर्वाचनमा जिल्ला कब्जा गर्न सकिनेमा ढुक्क बनेको छ । त्यही भएर ७ वटै स्थानीय निकायमा आफ्ना उम्मेदवार तय गरिसकेको छ ।

उम्मेदवारको टुंगो लगाएसँगै एमालले जिल्लामा चुनावी अभियान तीव्र बनाएको छ । धनकुटामा एमालले कुनै दलसँग पनि तालमेल गरेको छैन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...