देउवाका लागि वालुवाटार खाली गर्दै प्रचण्ड

Prachanda

काठमाडौं । गत साउन २१ गते प्रधानमन्त्रीका रुपमा दोस्रोपटक वालुवाटार छिरेका पुष्पकमल दाहाल प्रचण्ड जेठ २१ को साइतमै वालुवाटार छोड्ने भएका छन् ।

२१ गते आइतवार नै संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने भएकाले प्रधानमन्त्री निवास वालुवाटार छाड्ने तयारीमा लागेका हुन् । उनी वालुवाटार छोडेर नयाँ बजारस्थित निवासमा जाने छन् ।

नेपाली कांग्रेस सहितका दलको समर्थनमा गत साउन १९ गते प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेपछि साउन २१ मा दाहाल प्रधानमन्त्रीका रुपमा सरकारी निवास वालुवाटार प्रवेश गरेका थिए । वालुवाटार छिरेका दाहाल ठीक १० महिनापछि सरकारी निवास छोडेर नीजि निवास फर्किन लागेका हुन् ।

आइतवार हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुने पक्कापक्की भएकाले अव वालुवाटारमा बसेर देउवाले राज गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...