घरको छतबाट खसेर बालकको मृत्यु  

दाङ, । घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो ।

राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरमा बस्दै आएका आदित्य भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका बालक एकाएक छतबाट खसेका बताए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...