सुडानमा झाडापखालाले अगस्टदेखि २६५ को मृत्यु

Sudan

खार्तुम, । सुडानमा गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको छ ।

देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १ सय २१ व्यक्ति प्रभावित भएको स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले बताए ।

उनले दूषित पानीबाट हुने झाडा पखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षातका बेला झाडापखालाका बिरामीहरुको संख्या अझ बढ्ने बताए ।
मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५ सय १२ जना बिरामी भएको तथ्यांक पाइएको छ ।

त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ चार हजार ४ सय ७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४ सय १ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८ सय ७८ जना प्रभावित भएका छन् । रेड सि प्रदेशमा एक हजार १ सय ३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९ सय ८२ जना प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...