कर्मचारीको मिलेमतोमा सरकारी जग्गा किर्ते

१२ जना परे अदालतको कारवाहीमा

Nagarik


भक्तपुर, । नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा किर्ते गरी ठगी गर्ने १२ जनालाई कारबाही हुने भएको छ ।

२०२९ सालमा तत्कालीन हवाई विभागले अन्तर्राष्ट्रियस्तरको रिसिभिङ्ग स्टेशन निर्माण गर्न अधिकरण गरेको जग्गामध्ये साविक दिव्यश्वरी गाउँ पञ्चायत वडा नं. ८ (क) को कि.नं. ४४२ र ४४४ को एक रोपनी १० आना जग्गा उनीहरुले किर्ते गरी ठगी गरेको अदालतले ठहर गरेको छ ।

सो गिरोहले मालपोत कार्यालय र अधिग्रहण गर्नु अघिका जग्गा धनीको मिलेमतोमा २०६८ सालमा जग्गा नामसारी गरी बैंकमा राख्ने र कारोबार गर्ने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ पाmगुन २०७१ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले ठगीका मुख्य दोषी अरुणकुमार पराजुली र उनकी श्रीमती प्रतिभाञ्जली पोखरेललाई जनही दुई दुई वर्ष कैद र ४८÷४८ लाख जरिवानाको फैसला सुनाएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले तेजकृष्ण श्रेष्ठलाई ६ महिना कैद र १ लाख २५ हजार जरिवाना, रामचन्द्र श्रेष्ठलाई ६ महिना कैद र २ लाख ५० हजार जरिवाना, श्यामसुन्दर श्रेष्ठलाई ३ महिना कैद र दुई लाख ५० हजार जरिवाना गर्ने फैसला सुनाइएको छ ।

सुवर्ण विष्टलाई ६ महिना कैद र १५ हजार जरिवाना, भीमबहादुर खड्कालाई ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको छ ।

यसी कारवाही पर्नेमा कर्मचारी पनि परेका छन् । मध्यपुरथिमि नगरपालिकाका वडा सचिव विजय कायस्थलाई ६ महिना कैद र २ हजार जरिवाना, मालपोत कार्यालय भक्तपुरका कर्मचारी चन्द्रमणि पोखरेललाई ६ महिना कैद र २ हजार जरिवाना, मालपोतकै अर्का कर्मचारी दिलीप अधिकारीलाई ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको हो ।

वैजनाथ चौधरीलाई ६ महिना कैद र २ हजार जरिवाना तथा उमाकान्त यादवलाई ६ महिना कैद र २ हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...