पोखरालाई विश्वव्यापीरुपमा चिनाउन आरोहण दिवस मनाइँदै

Pokhara1

पोखरा, । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस शबिार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै पोखराको पर्यटकीय विकासको यात्रा सुरु भएका कारण पनि यसको आरोहण दिवसलाई पोखरामा महत्वका साथ लिने गरिएको छ ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

उक्त पहिलो आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अन्नपूर्ण आरोहण दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरेको सङ्घका अध्यक्ष दीपक अधिकारीले बताए ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये लगभग १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेको अधिकारीले बताए ।

अन्नपूर्ण हिमालको आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको हो, । पर्यटन क्षेत्रमा यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य छ ।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको हो ।

आरोहण गर्नेहरू सकेसम्म विश्वको सर्वोच्च शिखर नै आरोहण गर्ने सोच राख्ने कारण अन्नपूर्ण हिमालको आरोहण गर्नेको सङ्ख्या भने कम छ । पहिलो हिमाल आरोहणका रुपमा यसको पहिचान आफँैमा महत्वपूर्ण रहेकाले , यसको सफल आरोहणले समग्र नेपालको पर्यटन विकासमा समेत टेवा पुगेको पाइन्छ ।

स्वर्गीय हर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालको सम्बन्धमा अध्ययन–अनुसन्धान सुरु भएको बताए ।

पदयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै भएको अन्नपूर्ण क्षेत्र विभिन्न पैदलयात्रीका लागि घरजस्तै बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...