ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।

डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।

क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भनिन्, ‘रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।’

क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गरेका थिए ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैलाई पनि दोष लगाउनु हुनेछ तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नुहुनेछ । उहाँले फेसबुक, डेम्स र डीएसी माथि पनि आक्रमण गर्नु हुनेछ ।

क्लिन्टनले फेसबुकमा फैलिएका झुटा समाचार माथि पनि आंशिक दोषारोपण लगाएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...