९० भोटका लागि लफडा

Bharatpur vote

चितवन । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकामा धेरै लफडा भइरहेको छ । जसका कारण निर्वाचन सम्पन्न भएको १९ दिनसम्म पनि मतगणना सकिएको छैन ।

हात जित स्वभाविक हुन्छ । तर, हार स्वीकार गर्न नसक्दा वा जितको उन्माद थाम्न नसक्दा भरतपुरले अझैंसम्म पनि जनप्रतिनिधि पाउन सकेको छैन ।

१४ जेठमा मात्र भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहँदा अचानक मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि १५ गते सकिनुपर्ने मतगणना अझैं सकिएको छैन । १४ गते रातिदेखि स्थगित मतगणना कहिले हुने भन्ने बारे अझै अन्योल कायम छ ।

मतपत्र च्यातिएपछि आयोगले बनाएको छानवीन गर्दा मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

जेठ १४ गते मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । १९ नम्बरमा २८९७ मत खसेको थियो ।

९० मतपत्र च्यातिएको पाइए पनि मतगणना बारेको अडान भने एमाले–कांग्रेस माओवादीको उस्तै छ ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले भने पुनःमतगणना गर्नुपर्ने बताउँछन् भने नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताउँछिन् ।

उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...