सीट जित्न एमालेले पैसा बाढ्यो

स्थानीय तहको संख्या थप्नु केटाकेटी खेलजस्तै

भक्तपुर । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो बनेको छ । तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालले पैसा बाढेर भोट किनेको आरोप लगाएका छन् ।

बिजुक्छेंले २०१५ सालदेखि कांग्रेसले र अहिलेको स्थानीय निकायको निर्वाचनमा एमालेले मतदातालाई प्रलोभनमा पार्दै ठूलो धन राशी खर्च गरेको आरोप लगाए । उनले भने, ‘भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा गरेको खर्चले प्रष्ट पारेको छ ।’

रफत सञ्चार क्लबले गरेको कार्यक्रममा उनले एमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र व्यवहारले पुँजीवादी चरित्र प्रष्ट पारेको बताए । उनले विगतदेखि नै भन्दै आएको भनाईलाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको आरोप लगाए ।

चुनावको समयमा आचारसंहिता उल्लघन गर्दै संसारमा कहिँ नभएको काम वर्तमान सरकारले गरेको उनको आरोप थियो । उनले यो सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएको र सरकार फेरबदलसमेत गरेको बताए ।

सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तहको २२ स्थानीय तह संख्या थपेर गलत काम गरेको बताउँदै राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटी खेलजस्तै भएको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...