सुख्खा ठाउँमा उत्पादनको लागि पाँच जातको धान सिफारिस

Dhanko biu

दाङ,। यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ ।
राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको बीउ सिफारिस गरेको हो ।

कार्यालयको मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रम अन्तर्गत ती बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा बिक्री गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिए ।

किसानलाई पाँचवटै जातका बीउ सेवा केन्द्रबाट वितरण गरिनेछ । यस वर्ष कार्यालयले २५ मेट्रिक टनसम्म धानको बीउ बिक्री गर्ने लक्ष्य राखेको छ । करिब ६६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये जिल्लामा ३८ हजार हेक्टरमा धानखेती गरिँदै आएको यादवले बताए ।

कार्यालयले हाइब्रिड जातको धानको बीउ प्रयोग नगर्न किसानलाई आग्रह गरेको छ । यसको प्रयोगले उत्पादन बढे पनि मानिसको स्वास्थ्यमा असर पने र जमिनको उर्वरा शक्तिमा समेत ह्रास आउने कार्यालयले जनाएको छ ।

हाइब्रिड जातको धानको बीउमा रासायनिक मलको प्रयोग उन्नत जातको धानको बीउको तुलनामा बढी प्रयोग गर्नुपर्ने हुँदा जमिनको उर्वरा शक्ति घट्दै जान्छ । उन्नत जातको धानखेती गर्दा प्रतिकट्ठा जमिनमा साढे छ किलो युरिया, तीन किलो डिएपी, डेढ किलो पोटास तथा आधा किलो जिङ्क मिलाएर छर्नुपर्ने यादव बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...