प्रहरीको सेवा उच्च कोटीको

Police

गौशाला, । अपराध नियन्त्रण गर्ने र अपराधीलाई कानुनको दायरामा ल्याउने जिम्मेवारी प्रहरीको काँधमा आइपरेकाले त्यसका लागि भवन निर्माण गर्नु जरुरी भएको र भवन उच्च कोटीकोभएकाले प्रहरीको सेवा पनि उच्च कोटीको हुनुपर्ने प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ ।

जिल्लाको बलवा गाउँपालिकामा एक करोड ७४ लाख ५२ हजार ५ सय ४२ को लागतमा इलाका प्रहरी कार्यालय निर्माण गरिएको र बलवा तथा सीतापुर भंगहा गाउँपालिकालाई समेटने गरी भंगहामा एक करोड २८ लाख ८२ हजार १५७ को लागतमा प्रहरी चौकी निर्माण गरिएको हो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत शान्ति कोषको सहयोगमा निर्मित इलाका प्रहरी कार्यालय, बलवा प्रहरी चौकी भंगहामा ब्यारेक भवनमा कार्यालय प्रयोजनका लागि पाँचवटा कोठा, शौचालय, सुविधासहितको दुईवटा महिला तथा पुरुष हिरासत कक्ष, , भान्छा कोठा, इन्चार्ज आवास, अतिथि कक्ष, सञ्चार कक्ष निर्माण गरिएको छ ।

चौकीमा आरसिसी फ्रेम, स्ट्रक्चर अवधारणाअन्तर्गत तीनतले कार्यालय तथा ब्यारेक भवन निर्माण गरिएको र यसमा सिसी क्यामेरा जडान गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...