पारिजात पुरस्कार चार जनालाई

Parijat

काठमाडौँ, पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ ।

‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसेलाई सम्मान गरिएको छ । पुरस्कार जनही १० हजार राशिको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गरे । कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गरे ।

विसं १९९४ वैशाखमा जन्मनुभएका पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उनको निधन २०५० साल वैशाख ५ गते काठमाडौँमा भएको हो ।

प्रतिकृया दिनुहोस