भरतपुरका कसले गर्छ सधैँ लफडा ?

कहाँबाट आयो मतपेटिकामा अर्धकट्टी सहितका मतपत्र ?

Devi renu

काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिका निक्कै चर्चामा आइरह्यो । अझैं मत गणनाा नसकिएका कारण पनि थप चर्चा भइरहेको छ ।

गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना स्थगित नै भयो । आखिर कसरी आयो त्यत्रो अर्धकट्टीसहितको मतपत्र ?

धेरैले भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन षडयन्त्र भइरहेको दावी गरिरहेका छन् । यता एमाले उम्मेदवार देवी ज्ञवालीले आफु प्रचण्ड र देउवासँग चुनाव लडेको हुंकार पिट्न थालेका छन् ।

उनले यसरी हुंकार पिटिरहेका बेला कांग्रेस प्रभाव क्षेत्र मानिएको वडा नंं १७ मा मतपेटिकामा अर्धकट्टी सहितका मतपत्र भेटिनु थप शंकाको विषय बनेको छ ।

मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले छानबिनको माग गरेका छन् । दलहरुले छानबिन नभएसम्म गणना हुन नदिने बताइरहेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

भरतपुरमा एमालेका देवी ज्ञवालीले ३७ हजार १ सय १८ मत ल्याएर अग्रता कायम राखेका छन् भने माओवादी केन्द्रकी रेणु दाहाल ३५ हजार ५ सय १८ मतका साथ पछ्याइरहेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...