आफ्नै पतिलाई मरणोपरान्त विभूषण

मदन भण्डारी, सूर्यबहादुर थापा र पोष्टबहादुर बोगटी पनि मरणोपरान्त विभूषण

Rss

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर आफ्ना स्व. पति मदन भण्डारीदेखि सुशील कोइरालासम्मलाई विभुषण प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त) लाई पनि विभुषण प्रदान गरिन् ।

सो अवसरका राष्ट्रपति भण्डारीले नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारीलाई नेपाल रत्न विभूषणबाट मरणोपरान्त प्रदान गरिन् । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई प्रदान गरिएको थियो ।

गणतत्रन् दिवसकै अवसर पारेर पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्र गौरव विभूषण मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई प्रदान गरियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरिन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गरिन् ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गरिन् ।

गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना, अच्युत विष्ट, विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलाई विभुषित गरिएको छ ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...