राप्रपाले चुनावमा केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने

काठमाडौं । पहिलो चरणमा नराम्ररी पराजित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जित हात पार्ने योजना बनाउन थालेको छ । त्यसका लागि पार्टीले सबै जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ ।

दास्रो चरणको निर्वाचनमा थप पराजय भोग्नु नपरोस भनेर राप्रपाले १५ जेठदेखि चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा केन्द्रीय सदस्यलाई खट्न निर्देशनसमेत दिएको छ ।

जिल्लामा खटिएका केन्द्रीय सदस्यले जिल्लामा पुगेर सभा सम्मेलन गर्ने, कार्यकर्तालाई प्रशिक्षण दिने, निर्वाचनको उपयुक्त वातावरण बनाउने र जनतालाई आफ्नो पक्षमा मत हाल्ने वातावरण मिलाउन निर्देशन दिइएको केन्द्रीय सदस्य राजाराम श्रेष्ठले बताए ।

दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्लामै रहेर चुनावी सभा, प्रचार प्रसारमा क्रियाशील रहन पार्टीले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...