तीर्थ यात्रीको निधन

Gosainkunda

रसुवा, । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा नीलकण्ठ दहमा डुबेरएक तिर्थ यात्रीको निधन भएको छ ।

निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाइले बताएका छन् ।

कार्की आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न गोसाइकुण्ड गएकी थिइन ।

कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ ।

प्रतिकृया दिनुहोस