आठ किलो चाँदीसहित एक पक्राउ

धनुषा । करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो ।

ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झन्डै रु चार लाख ९५ हजार बराबरको रहेको छ । पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...