नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

Ronald trump

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा बिहीबार आइपुगेका छन् ।

कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्नुहुने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुँदैछन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा उक्त संगठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ ।

ट्रम्पले ब्रसेल्समा बिहीबार युरोपेली नेताहरुसँग सामूहिक खाना लिनुपूर्व अमेरिकामा सेप्टेम्बर ११ सन् २००१ मा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक प्रतिरक्षा प्रत्याभूति सम्बन्धी नेटो कानुनको धारा ५ को स्मरणमा निर्माण गरिएको स्मारकको अनावरण गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...