शहिद भीम नारायण स्मृती प्रतिष्ठानको भवन सिलान्यास

Vimnarayan

धनकुटा । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान भवनको शिलन्यास भएको छ ।

विहीबार धनकुटा नगरपालिका ६, फोक्याण्ड टापु छेउमा सहिद पुत्र तथा सांसद मनोहर नारायण श्रेष्ठले प्रतिष्ठानको भवन शिलन्यास गरे ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको २५ लाख रुपैया र जनश्रमदान गरी उक्त भवन निर्माण गर्न लागिएको सहिद भीम नारायण स्मृति प्रतिष्ठान धनकुटाले जनाएको छ ।

सहिद भीम नारायण स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा भएको भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका नेता आनन्द सन्तोषी राई,पार्टी उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, मेयरका उम्मेदवार दिनेश राई, नेपाल तरुण दल क्षेत्र नं. २ का अध्यक्ष तिलक महत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेविसंघ धनकुटाका उपाध्यक्ष विर्मशमान अमात्य लगायतले सहिदको भावना र चाहन अनुरुप काम गरेमात्र नेपालमा समृद्धी हुन सक्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...