तीर्थ गएका वृद्धवृद्धा सम्पर्कविहीन

Tirtha sthl

लहान, । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् ।

वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड्गमाया मगर, स्थानीय ७० वर्षीया मिनु गिरी र ६० वर्षीय नन्दबहादुर राणा मगर गत शुक्रबारदेखि सम्पर्कमा आएका छैनन् ।

शुक्रबार साँझ आफ्ना ससुराले अचानक भारतीय नम्बरको टेलिफोनबाट फोन गरी तीर्थ जाँदै गरेका बेला ‘हामीलाई केही भारतीय गुण्डाहरुले नियन्त्रणमा लिएर राखेको छ, नेपाल सरकारबाट पहल गरेर हामीहरुलाई छुटाऊँ, नत्र सुरक्षित रहन्नौँ भन्दै सन्देश आएका खड्गबहादुरकी बुहारी प्रेमा थापामगरले भनिन् ।

यति भन्दै फोन काटिएको र त्यस दिनदेखि अहिलेसम्म कुनै फोन नआएको थापामगरले बताइन् । आफ्ना ससुराले फोन गरेको कुरालाई आधार मान्ने हो भने उनीहरुको भारतीय लुटेराहरुबाट अपहरण भएको हुन सक्ने थापामगरको आशङ्का छ ।

यता प्र .जि . अ. कटुवालले आजमात्र वृद्धवृद्धाको बारेमा आफूलाई जानकारी प्राप्त भएकाले आजै कूटनीतिक पहलका लागि गृहमन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस