जीवन धान्ने जडीबुटी

Yarsagumba collectors

 

 

डोल्पा, । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ ।

यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् ।

उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेनि जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्कलकले लाखौँ आम्दानी गर्छन् । यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन्

। त्रिपुरासुन्दरी नगरपालिका– १ का वीरबहादुर थापा यार्सागुम्बा टिपेर कमाएको आम्दानीले आधारभूत आवश्यकता पूरा गर्ने गरेको बताउछन् । उनी भन्छन् “ जोखिम मोलेर भए पनि यार्सागुम्बा सङ्कलन गर्नुको विकल्प छैन,” । यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय सङ्कलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

यार्सागुम्बा पाइने यहाँको हिमाली क्षेत्र आजबाट सङ्कलनका लागि खुल्ला गरिएको छ । यहाँका भोक्पा, भाङ्का, सागबारी, कुनास, नावरपानी, रुपपानी, पोखेपानी, प्यारी भोक्पा, ताक्सीलगायत ठाउँमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ ।
यार्सागुम्बा पाइने क्षेत्रको केही भाग सामुदायिक वनभित्र तथा केही भाग शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।

निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार एक हप्ता अगाडि नै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सुलीगाड, त्रिपुराकोट, तोइजुम, त्रिपुराकोट, धोलगायत दशवटा ठाउँ सङ्कलनका लागि खुल्ला गरिएको छ । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरका सङ्कलकलाई ३ हजार, जिल्लाभित्रकालाई २ हजार, संरक्षित क्षेत्रका सर्वसाधारणलाई ५ हजारका दरले सङ्कलन दस्तुर लिने गरिएको छ ।

गत वर्ष छ हजारभन्दा बढीले सङ्कलन गरेका र यस पटक सो सङ्ख्या अघिल्लो वर्षको भन्दा बढ्ने चौधरीले बताए । जेठ ११ गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन रसिद वितरण गरिएको छ । सो अवधि भन्दा बढी समयसम्म हिमाली भेगमा बस्न नपाइने कानुनी प्रावधान छ । यार्सागुम्बा सङ्कलन कार्यलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली भेगतर्फ लागेपछि यहाँका गाउँघर सुनसान वनेका छन् । घरकुरुवाका रुपमा अशक्त र वृद्धवृद्धा मात्र बसेका छन् । डोल्पाका कतिपय विद्यालय आंशिक रुपमा बन्द भएका छन् भने केही विद्यालय पूर्णरुपमा बन्द भइसकेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा उमावि, आदर्श उमावि, ठूलीभेरी नगरपालिकामा पर्ने सरस्वती उमावि विद्यालय आंशिकरुपमा खुलेपनि तल्लो डोल्पा तथा उपल्लो डोल्पाका सबैजसो विद्यालय पूर्णरुपमा बन्द छन् । शिक्षक र विद्यार्थी समेत यार्सागुम्बा सङ्कलनमा गएका छन् ।

“डोल्पाली विद्यार्थीका लागि वर्षभरिको पढाइ खर्च जुटाउन समय यही हो,” त्रिपुरा मावि त्रिपुराकोटका विद्यार्थी केशर सार्कीले बताए । धेरैजसोको आर्थिक अवस्था कमजोर भएका कारण यहाँका विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि जाने गरेका उहाँको भनाइ छ ।

बर्सेनि जिल्लाका १सय १५ जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सिंहराज डाँगी बताउछन् ।विद्यार्थी शिक्षक मात्र होइनन् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारी समेत यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लागेका छन् ।

प्रतिकृया दिनुहोस