सीमावर्ती क्षेत्रमा खटिए नेपाली सेना

Sena parichalan

सुनसरी । दोस्रो चरणको निर्वाचनमा सरकारले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।

जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सीमा क्षेत्रबाट हुने असुरक्षालाई मध्यनजर गर्दै सरकारले सो क्षेत्रमा सेना परिचालन गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारदेखि नेपाली सेना खटाइएको बताए ।

पोखरेलले दलका नेतासँग मतदाता शिक्षाको प्रभावकारिता, भरपर्दो सुरक्षा बन्दोबस्ती र सहज वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै बदर मतको संंख्या न्यून तुल्याउन मतदाता शिक्षाको प्रभावकारिताको खाँचो रहेकाले सहयोग मागिएको पनि बताए ।

प्रतिकृया दिनुहोस