अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या  

 

खोटाङ, । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो ।

घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

विश्वकर्माको हत्यामा सलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्कालगायत प्रारम्भीक अनुसन्धानपछि विश्वकर्माको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

हत्यापछि विश्वकर्माले कानमा लगाएको सुनको रिङ, फुली र सौभाग्य लुटेको पाइएको प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...