लमजुङको सदरमुकाम बेँसीसहर सिसी क्यामेराको निगरानीमा

Besishahar lamjunga

लमजुङ । जिल्लाको सदरमुकाम बँेसीसहर सिसी क्यामेराको निगरानीमा हुने भएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् ।

लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो ।जिल्ला न्यायाधीश अर्जुन अधिकारीले बुधबार सिसी क्यामेराको उद्घाटन गरे ।

बँेसीसहरको २३ वटा चोकमा जडान गरिएको सिसी क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भएको छ । बजार क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए ।

पाँचसय मिटर दुरीसम्मको क्रियाकलाप राम्रोसँग रेकर्ड गर्नसक्ने अत्याधुनिक क्यामेरा जडान गरिएको उद्योग वाणिज्य सङ्घ बेँसीसहर इकाइका अध्यक्ष कृष्णजङ गुरुङले बताए ।इकाइले प्रथम बँेसीसहर महोत्सव सञ्चालन गरी सिसी क्यामरा जडान खर्च सङ्कलन गरेको हो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...