मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न

Hulaki raj marg

झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ ।

आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिउ ।

३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । त्यसमध्ये चार वटा सरकारी जग्गा पनि परेको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर दुई लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर एक लाख ७५ हजारका दरले मुअब्जा दिइनेछ ।

जग्गा अधिग्रहण गर्दा सबै जग्गा बाटोमा पर्ने घरधनीलाई भने २० प्रतिशत थप गरी मुआब्जा उपलब्ध गराइने इन्जिनियर दासले बताए ।

मुआब्जाका लागि सम्बन्धित घरधनीले भद्रपुर नगरपालिकामा निवेदन दिइसकेको र सोहीअनुसार रकम उपलब्ध गराइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...