सुतेकै अवस्थामा दुईजना मृत फेला

Las

मेलम्ची, । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...