चुनाव अब असार १४ मा

Mantriparisad

काठमाडौं । असार ९ मा गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव असार १४ मा हुने भएको छ ।

एक साता अघि मात्रै सरकारले असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको थियो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

असार ९ मा मुस्लिम समुदायको महान पर्व परेको भन्दै उउनीहरुले चुनाव सार्न आग्रह गर्दै आएका थिए । त्यसैलाई आधार मानेर सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन ५ दिन पछि सारेको हो ।

सरकारले सातै प्रदेशमा ३१ बैशाखमा निर्वाचन गर्ने तयारी गरेको भए पनि मधेशी मोर्चाको आन्दोलनका कारण ३१ जेठसम्म निर्वाचन सारेको थियो । तर, सो समयमा पनि मोर्चासँग सहमति बन्न नसक्दा असार ९ गतेलाई सारिएको थियो ।

पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भइसकेको छ भने अब १, २, ५ र ७ नम्बर प्रदेशको निर्वाचन हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस