गोरङखोलामा झोलुङ्गे पुल

Jholunge pul

म्याग्दी । धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

३९ लाख ११ हजार ३२४को लागतमा निर्मित ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका १ हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् ।

स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवम् मिलन म्याग्दीको प्राविधिक सहयोगमा स्थानीय बासिन्दाले ७५ हजार बराबरको श्रमदान गरेर झोलुङ्गे पुल निर्माण भएको वडा सचिव सोमबहादुर खत्रीले जानकारी दिए ।

विसं २०७२ साउन १४ गते रातिको पहिराले नेरवाङमा गोठ पुर्दा चार जनाको ज्यान गएको थियो भने बाढीले गोरङखोलाको पुल बगाएको थियो । पुल बगाएपछि स्थानीय बासिन्दा साँघु काठको अस्थायी पुल बनाएर आवतजावत गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस