चाँगुनारायणमा एमाले विजयी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमाले विजयी भएको छ ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा नेकपा एमालेका सोम मिश्रले ८ हजार ५ सय १२ मत पाएर विजयी भएका छन् ।

उपमेयर एमालेकै विना बास्तोलाले ८ हजार ७ सय ७९ मत ल्याएर निर्वाचित भइन् ।

चाँगुनारायण नगरपालिकामा एमालेले बहुमत सिट विजय हासिल गरेको छ । ९ वटा वडा भएको चाँगुनारायणको प्रमुख र उपप्रमुखसहित ४७ सिटमा एमालेले २४ सिटमा जित हासिल ग¥यो ।

एमालेले चाँगुनारायणको वडा नं। ३, ४, ६ र ८ वडाबाट २०, वडा नं। २ र ७ मा एक एक र नगरप्रमुख र उपप्रमुखसहित २४ जना विजय भएको छ । चाँगुनारायणमा कांग्रेसले ४ वडा अध्यक्षसहित १८ र नेमकिपाले एक वडा अध्यक्षसहित ५ सिटमा विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...