काठमाडौंमा माओवादीको जमानत जफत

कांग्रेससँग तालमेल गर्दा पनि पुगेन १० हजार मत

काठमाडौं । माओवादी केन्द्रले सत्ता साझेदार दल नेपाली कांग्रेससँग धेरै ठाउँमा चुनावी तालमेल ग¥यो । तर, केही ठाउँमा मात्रै माओवादीलाई फाइदा भयो । अधिकांस ठाउँमा घातक नै भयो ।

यस्तै अवस्था हाएको छ काठमाडौंमा । जहाँ माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत नै भयो । माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वाेत्तम डंगोलले ७ हजार ९ सय ६ मत मात्रै ल्याए । उनी भन्दा उपमेयरकी उम्मल्याएका थिए ।

नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याउनुर्छ । कम मत ल्याउनेको जमानत जफत हुने गर्छ । कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ ।

मेयर उम्मेदवार डंगोल को भन्दा उपमेयरकी उम्मेदवार सुशीला पौडेलको मत बढी आएको थियो । उनले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । तर, उनको पनि १० प्रतिशत पुग्न नसक्दा निर्वाचनमा भाग दिँदा राखिएको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...