आगलागीबाट करोडौंको क्षति

बुटवल, । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ ।

औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुनले बुटवल उपमहानगरपालिका– ६ साविक वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेजमा आगो लागेको हो । मङ्गलबार मध्यरातिमा लागेको आगो बिहान ४ बजेतिर मात्रै नियन्त्रण गरिएको छ ।

आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भए पनि कुनै मानवीय क्षति हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितको गुणासो छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बताइएको छ । आगलागी बाट कुनैपनि मानविय क्षति भने नभएको पिडित पुनले बताए ।

प्रतिकृया दिनुहोस