जन्मथलोको पहिचान अल्लो र ढाकाको कपडा प्रयोग  

Allo

म्याग्दी । रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीबासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् । विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभा÷समारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन लगाउने गर्छन् ।

बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताइन् ।

उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । म्याग्दीको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ढाका र अल्लोका कपडा प्रवद्र्धनमा सघाएको हुन् ।

विदेशबाट माग बढेपछि उद्यमीलाई ढाका र अल्लोका कपडा बुन्न भ्याई नभ्याई भएको छ । हाँडेभिरस्थित साझा सुविधा केन्द्रमा दैनिक दश जनाले अल्लो र आठजनाले ढाकाको कपडा बुन्दै आएका छन् ।

घरायसी कामबाट बचेको समयमा अल्लो र ढाका बुन्ने गरिएको उद्यमी लीलादेवी पुनले बताइन् ।
एकजनाले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।

एक मिटर ढाका र अल्लोको कपडालाई ६०० पर्छ । एकजनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिलो सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् ।

उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन कार्यालय, गरिबी निवारण कोषलगायतका निकायले सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...