जनआन्दोलनका घाइते मुकेश कायस्थलाई सम्मान  

Mukesh kayastha

बनेपा, । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो ।

बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गरे ।

सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गरिन् । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...