महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति

Pokhara

पोखरा, । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति हुने गरी काम गर्ने महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गरे ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशातर्पm उन्मुख भएको उल्लेख गर्दै बेथितिको अन्त्य र बदमासी गर्नेलाई कारबाही गरेर महानगरलाई अधिराज्यकै एक सुरक्षित सहर बनाउनेतिर अघि बढिने धारणा राखे ।

क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अमूल्य योगदान पु¥याउने वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेका स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढेकामा खुसी व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेपछि आउने आवधिक निर्वाचनमा पराजित गराउने जनताको मताधिकार भएकाले सबै जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यालयमा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन सकेमा मात्रै जनतामा परिवर्तनको अनुभूति भई गणतन्त्रको संस्थागत हुँदै जाने धारणा राखे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...