गणतन्त्र दिवस समारोहमा राष्ट्रपति

शान्तिका प्रतीक परेवा उडाइयो

Tudikhel

काठमाडौँ, । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन् ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाइएको छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो । महानगरीय ट्राफिक महाशाखा, नेपाल प्रहरीको कमाण्डो, सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण फौज, नेपाल स्काउटका तर्फबाट विभिन्न कलाकौशल प्रस्तुत गरियो ।

गणतन्त्र दिवसलाई लक्षित गरेर सुरक्षा फौजका तर्फबाट समारोहमा राष्ट्रिय झन्डा, राष्ट्रिय फूल लालीगुराँस र सबै जाति, भाषा र संस्कृति झल्कने दियोको आकृति प्रस्तुत गरिएको थियो ।

समारोहमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति रहेको थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...