मधेशमा चर्किन थाल्यो आन्दोलन

Madhesh 1

काठमाडौं । संविधानप्रति असन्तुष्ट रहेका मधेशवादी दलले मधेशमा आगो बालन थालेका छन् ।

सरकारले आफ्ना मागलाई सम्बोध नगरी धमाधम स्थानीय तहको निर्वाचनमा होमिएपछि थप रुष्ट बनेको मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेको थियो । राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्तालाई असफल बनाउन दुई दिन बन्दको घोषणा गरेको छ ।

सरकारले मधेशी मोर्चाको मागलाई सम्बोधन गर्न तराईका जिल्लामा स्थानीय तहको संख्यासमेत थप गरेको थियो । तर, सर्वाेच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि मार्चाको आन्दोलन थप कडा हुने नेताहरुले बताएका थिए ।

मोर्चाले घोषित कार्यक्रम अन्तर्गत १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन प्रदर्शन गरेको थियो भने आइतवार मधेशमा लाठी जुलुस प्रदर्शन गरे । मोर्चाले सोमबार मधेशका निर्वाचन कार्यालयमहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा ‘हालै थप गरिएको स्थानीय तहको २२ संख्या अपुग एवं सीमाीकन अवैज्ञानिक तथा समझदारी विपरित भएकाले यो हामीलाई स्वीकार्य छैन’ उल्लेख गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...