केराको बिरुवाको माग बढ्दो’

Kera kheti

दाङ, । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको छ ।

थोरै समयमा धेरै उत्पादन गर्न सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै मुस्किल भएको ‘स्वर्गद्वारी राविधिएग्रो नेपाल’ प्राली तुलसीपुर शाखाका प्राविधिक माधव केसीले जानकारी दिए ।

हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको केसीले बताए । दाङको लमही र बर्दियामा कल्चर गरिएका बिरुवा नोबेल कृषि फर्मले कृषकको आवश्कता अनुसारपूर्ति गर्दै आएको छ ।

अन्य परम्परागत केरा फल्न दुई वर्ष लाग्ने र थोरै कोसा हाल्ने भएका कारण पनि यो जातको केराको माग बढेको जिल्ला कृषि विकाश कार्यालयका बालीविकास अधिकृत धनराज गौतमले बताए ।

जिल्ला कृषि विकास कार्यालयले आयात प्रतिस्थापनका लागि यसवर्ष करिब १० हजार बिरुवा एक हजार ६०० हेक्टरमा लगाउने योजना रहेको अधिकृत गौतमले बताए ।

हाल दाङमा व्यावसायिक केरा उत्पादन नहँुदा भारत र अन्य जिल्लाबाट दैनिक तुलसीपुर, घोराही र लमहीमा तीन÷तीन ट्रक केरा आयात हुँदै आएको छ ।

जिल्लामा यतिनै केरा आयात हुन्छ, भन्नसक्ने अवस्था छैन तर सरदर दैनिक तीन÷तीन गाडी केरा बजारमा पुग्छ ।

प्रतिकृया दिनुहोस