साहित्यकार ढकालको निधन

काठमाडौँ, । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको ७५ वर्षको उमेरमा हृदयाघात भई निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो । चम्पावती माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष अङ्ग्रेजी विषयमा अध्यापन गराएका थिए ।

हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आउएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् । स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...