सहमतीय सरकार आवश्यक : ढकाल

Eknath dhakal

इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सहमतीय सरकार गठन गर्न आव्ह्वान गरेसँगै साना दलहरुले सहमतीय सरकार गठनको माग गरेका छन् । साना दलहरुले सहमतीय सरकारको विकल्प नभएकोमा पनि जोड दिएका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि उपलब्ध गराइसकेकाले तोकिएको समयमा सर्वलीय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् । उनले त्यसका लागि ठूला दलहरुले पहल गर्नुपर्ने पनि जोड दिएका छन् ।
प्रदेश नम्बर १ को इटहरीमा आयोजित दलका अगुवा कार्यकर्ता भेलामा ढकालले सहमतीय सरकार गठनको विकल्प नभएको दावी गरे उनले अहिलेको असहज अवस्थाको अन्त्य गर्न पनि सर्वदलीय सरकार आवश्यक रहेको दावी गरे ।

ढकालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन, संविधानको कार्यन्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नवनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले मुलुकमा बढ्दो राजनीतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भएको आरोप लगाए ।

उनले गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न १ नम्बर प्रदेशका मतदातासँग आग्रह गरे । भ्रष्टाचार, सामाजिक विकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल सधै उभिएको दावी गरे । उनले वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफ्नो दल अघि बढ्ने स्पष्ट पारे ।

अध्यक्ष ढकालले विभिन्न पार्टीबाट नेपाल परिवार दलमा प्रवेश गर्नेलाई सदस्यता वितरण गरेका थिए । सो भेलामा दलका महामन्त्री बिनोद डाँगी, केन्द्रिय सदस्यहरु तीर्थराज घिमिरे, अशोक चौधरी, रामबहादुर लिम्बु, कलाकार बिक्रम श्री लगायतले आफ्नो धारण चाखेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का विभिन्न जिल्लाका परिवार दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...