काठमाडौं महानगर एमालेको कब्जामा

Ktm meyar bijayi

काठमाडौं । देशका चार वटा महानगरमध्ये सबैभन्दा शक्तिशाली मानिएको काठमाडौं महानगरपालिकामा नेकपा एमालले जित हात पारेको छ ।

३१ बैशाखमा सम्पन्न स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मत गणना शनिवार मध्य राती मात्रै सकिएको थियो । औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।

मेयरमा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै काठमाडौं महानगर कब्जा गर्न सफल भए । शाक्यले ६४ हजार ९ सय १३ मत पाएका छन् । कांग्रेसका राजुराजले ४५ हजार २ सय ६९ मत पाए ।

पहिलो पटक निर्वाचनमा भाग लिएर चर्चा कमाएकी विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

उपमेयरमा भने कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९ सय ५२ मत पाइन् । एमालेसँगको गठबन्धनमा उपमेयरमा सहभागि बनेका राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...