अनिश्चित बन्दै दोस्रो चरणको निर्वाचन

ठूला दल निर्वाचन सार्ने तयारीमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाललाई फकाउन नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन सार्ने प्रस्ताव ल्याएसँगै दोस्रो चरणको निर्वाचन अनिश्चित बनेको छ ।

केही दिनपछि सत्ताको वागडोर सम्हाल्न लागेको नेपाली कांग्रेसले नै चुनाव सार्ने प्रस्ताव गरेपछि ३१ जेठमा हुने भनिएको दोस्रो चरणको निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।

खासगरी कांग्रेसले राजपालाई निर्वाचनमा ल्याउन निर्वाचनको मिति सार्ने प्रस्ताव ल्याएको हो । तर, अहिलेसम्म कति दिनका लागि सार्ने भन्नेमा कांग्रेसले केही बोलेको छैन ।

सिंहदरवारमा बसेको ३ दको वैठकमा यस विषयमा छलफल भएको थियो । तर, एमालेले भने आपत्ति जनाएको छ । कांग्रेसको नेतृत्वसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चुनाव केही दिन सार्ने पक्षमा देखिएका छन् । तीन दलको बैठक लगतै कांग्रेसका दोस्रो तहका नेताहरुले राजपा नेपालका नेताहरुलाई भेटेका थिए । राजपाका नेताहरुसँगको भेटमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले केही दिन मिति पर सारेर भए पनि राजपालाई निर्वाचनमा ल्याउन सकिने आश्वासन दिएका थिए ।

कांग्रेस पार्टी कार्यालय सानेपामा भएको छलफलमा राजपाले चुनावमा सहभागिताका लागि तीनबुँदे शर्त राखेको छ ।जवाफमा कांग्रेस नेताहरुले राजपालाई चुनावमा सहभागी हुने हो भने केही दिन मिति सार्ने आश्वानस दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...