लुक्लामा कार्गो विमान दुर्घटना

Goma air

काठमाडौं, । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

काठमाडौंबाट उडेको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई, सहचालक सुजन मानन्धर र परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् । तीनै जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले बताए ।

प्रतिकृया दिनुहोस