३५ मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati sarsafai

काठमाडौँ, । वाग्मती सफाइ महाअभियानले उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जिआइ, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।

विश्व वातावरण दिवसका अवसरमा वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आगामी शनिबार त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।

 वाग्मती सफाइका अवसरमा ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेशकुमार महर्जनलाई वाग्मती किनारमा स्वागतसहित सम्मान गरियो । यसैगरी चर्चित गायिका कोमल ओली, सीताराम कट्टेल धुर्मुस र अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका नव नियुक्त सदस्य सचिव ज्योतिकुमार श्रेष्ठलाई वाग्मती सफाइ महाअभियानले विशेष स्वागतसहित सम्मान ग¥यो ।

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७२ औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो ।

सफाइमा नवनिर्वाचित गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत वडा अध्यक्ष र सदस्यको पनि सहभागिता रहेको थियो सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

यसैगरी रुद्रमती सफाइको १६९ औँ हप्तामा काठमाडौँ महानगरपालिका– ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो ।
विष्णुमती सफाइको १४२ औँ हप्तामा तारकेश्वर नगरपालिकाको विष्णुमती र महादेव खोला दोभानमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

तिलगङ्गा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको ११९ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी चक्रपथ सफाइको सातौँ हप्तामा बसुन्धरा चोकबाट पूर्वतिर नारायणगोपाल चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत ५०० अभियानकर्मीको सक्रियता थियो ।

अर्को हप्ताको चक्रपथ सफाइ ग्रिनसिटी अस्पतालबाट पश्चिमतर्फ नयाँ बसपार्कसम्मको सफाई गरिने जानकारी गराईएको छ ।

प्रतिकृया दिनुहोस