कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

Bikram singer

काठमाडौँ, । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गर्दै कलाकारको हत्यारालाई कारबाही गर्न समेत माग गरिएको छ ।

तनहुँ काठमाडौँ इन्टेलेक्च्युयल डेमोक्रेटिक सोसाइटी टिकिडस्ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा शुक्रबार आयोजित श्रद्धाञ्जलिसभामा माग गरिएको हो । सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गरेका छन् ।

वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताए । कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस