बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

A

   बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा तलकोट गाउँपालिका–२ मा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी र धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामीको मृत्यु भएको हो। तीन जनाको घटनास्थलमै र बालिका धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको हो। इन्सपेक्टर ठगुन्नाका अनुसार बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...