३ जना खैरो हेरोइनसहित कैलालीबाट पक्राउ

३ जना खैरो हेरोइनसहित कैलालीबाट पक्राउ

Hadkadi

 कैलाली । खैरो हेरोइनसहित कैलालीबाट ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुर डिके आयल नजिकबाट बर्दगोरीया गाउँपालिका–२ बस्ने २६ वर्षीय राम प्रशाद चौधरी र बर्दगोरीया गाउँपालिका–५ बस्ने २५ वर्षीय हिमाल चौधरी पक्राउ परेका हुन्। यी दुबै जनालाई ३६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८ मुस्कान टोलबाट सोही ठाउँ बस्ने ३१ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। भट्टलाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...